०६ साउन २०८३, बुधबार

अपडेट : पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत

अपडेट : पाल्पामा भएको बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत
सांकेतिक तस्वीर

पाल्पा, १८ जेठ -पाल्पाको रम्भादेवी गाउँपालिका वडा नं. ४, हुमिनको धारादी वनमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका १२ जनाको सनाखत भएको छ । 

प्रहरी उपरीक्षक डिल्लीराज पन्तका अनुसार मृत्यु हुनेमा तानसेन नगरपालिका–४ का विष्णुमान बज्राचार्य र कृष्णबहादुर बोहोरा, तानसेन– २ का लोकनाथ ढकाल, तानसेन– ३ का वसन्ती खाँड, देवेन्द्रलाल प्रधान, कृष्णमान बज्राचार्य, छत्रमान शाक्य र सुुशीलप्रसाद श्रेष्ठ, तानसेन– ६ का दुर्गाबहादुर सारु र गीता बुढाथोकी तथा तानसेन बजारका सचिन बज्राचार्य र कमला कार्की रहेका छन् । 

रामपुरको अध्ययन अवलोकन भ्रमणमा निस्केको तानसेनको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको टोली चढेको लु२ख ९७५ नं को बस आज बिहान पाल्पाको रम्भा गाउँपालिका–४, हुँमिनको धारादी वनमा दुर्घटनामा परेको हो ।

salt training

कमेन्ट गर्नुहोस्