
सन् २०१७ को पहिलो चन्द्रग्रहण भोलि शनिबार लाग्दै छ ।
शनिबार बिहान सवा ४ बजे लाग्दै छ । उसो त यो एक खगोलिय घटना हो तर हिन्दू धर्म दर्शनमा यसलाई ज्योतिष तथा धर्मको रुपमा हेर्ने गरिएको छ । ज्योतिष अनुसार चन्द्र ग्रहरणलाई राम्रो मानिदैन ।
सन् २०१७ को पहिलो चन्द्रग्रहण हो जसको खास कारण केही छैन । यस ग्रहणमा सूतकलाई मान्यता छैन ।
भोलि हुने चन्द्रग्रहण उपछाया चन्द्रग्रहण हो । जसलाई खुल्ला आखाले देख्न सकिदैंन । तर खगोलविगद टेलिस्कोपबाट यसलाई देख्न सकिन्छ । चन्द्र ग्रहणमा प्रवेश गर्न ४ बजे लाग्ने छ ।
कहाँ कहाँ देखिन्छ ग्रहण
नासाका अनुसार चन्द्र ग्रहण नेपाल, भारत, एसिया, यूरोप, अफ्रीका, उत्तरी अमेरिका, दक्षिण अमेरिका, प्रशांत महासागर, एटलान्टिक महासगर, हिन्द महासागरकोधेरै क्षेत्रबाट चन्द्रग्रहण देख्न सकिन्छ ।
भोलि विहान ४ बजेर १९ मिनेटमा चन्द्रग्रहण शुरु हुनेछ । यसको अधिकतम समय विहान साढे ६ बजेसम्म हुनेछ । ग्रहणको समाप्ती शनिकार विहान ८ बजेर ३८ मिनेटमा सकिने छ ।
के गर्ने, के नगर्ने
चन्द्रग्रहण या सूर्यग्रहणमा पूजा पाठ गर्न जरुरी छ । यसका लागि घरलाई शुद्ध पार्न पर्छ । यस्तो बेलामा चक्कु, कैची, सियो धागोको प्रयोग गर्न हुँदैन । यो नियम खास गरी गर्भवती महिलामा लागू हुन्छ । ग्रहणको समयमा घरबाट बाहिर ननिस्कुनहोस् ।