१० साउन २०८३, आइतबार

महोत्तरीमा २० किलो चाँदी र सुनसहित १ जना पक्राउ

महोत्तरीमा २० किलो चाँदी र सुनसहित १ जना पक्राउ

महोत्तरी, २३ जेठ– महोत्तरीको मटिहानीबाट २० किलो चाँदी र २५० ग्राम सुनसहित एकजना पक्राउ परेका छन् । 

सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीको टोलीले चाँदी र सुनसहित एकजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा महोत्तरी मटिहानीकै दिपेन्द्र ठाकुर रहेको सशस्त्र प्रहरीले जनाएको छ । 

नेपालबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा २० किलो चाँदी र २५० ग्राम सुनसहित एकजनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी सीमा सुरक्षा पोस्ट मटिहानीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्