१३ असार २०८३, शनिबार

नेकपा संसदीय दलमा अब बोर्ड समिति

जेठ २४, २०७५
नेकपा संसदीय दलमा अब बोर्ड समिति

 काठमाडौं, २४ जेठ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलमा अब बोर्ड समिति गठन गरिने भएको छ । संसदीय दललाई छिटोछरितो सञ्चालन एवं तुरुन्त निर्णय गर्न बोर्ड समिति गठनको तयारी भएको हो । संसदीय दलमा आवश्यक समिति एवं उपसमितिहरू गठन गरिने भएको छ । नेकपा संसदीय दलको विधान मस्यौदा समितिले बोर्ड र समिति एवं उपसमिति गठन गर्न पार्टीलाई सुझाव दिएको छ ।

संसदीय दल विधान मस्यौदा निर्माण समितिका संयोजक एवं नेकपाका नेता भीम रावलको नेतृत्वमा बनेको समितिले यस्तो सुझाव दिएको हो । ८ जेठमा गठन भएको समितिलाई १५ दिनभित्र प्रतिवेदन पार्टी सचिवालयमा बुझाउन निर्देशन दिइएको थियो ।


विधान मस्यौदाको काम सकिए तर बुझाउन बाँकी रहेको सदस्य रेखा शर्माले बताइन् । शर्माले भनिन्, ‘समिति संयोजक उपत्यका बाहिर हुनुहुन्छ, आउनासाथ प्रतिवेदन बुझाउनेछौं ।’ रावल नेतृत्वमा गठन भएको कार्यदलमा देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र शर्मा सदस्य छन् । आजको राजधानी दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्