२८ जेठ २०८३, बिहीबार

ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग भनेः एक चीन नीतिमा प्रतिवद्ध छु

कात्तिक २०, २०७४
ट्रम्पले चिनियाँ राष्ट्रपतिसँग भनेः एक चीन नीतिमा प्रतिवद्ध छु
काठमाडौं, २८ माघ– अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी समकक्षी सी जिनपिंगसँग टेलिफोन वार्ता गरेका छन् ।

टेलिफोन सम्बादमा ट्रम्पले एक चीन नीतिको सम्मान गर्ने बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि एक चीन नीतिलाई मसर्थन गर्न नसकिने बताउँदै आएका ट्रम्पले चिनियाँ राष्ट्रपति सी सँगको पहिलो टेलिफोन अन्तरवार्तामा भने एक चीन नीति को सम्मान गर्ने बताएका हुन् ।

ट्रम्प तथा सीबीचको फोन वार्त पछि ह्वाइट हाउसले जनाए अनुसार उनीहरुबीच विभिन्न विषयमा वार्ता भएको छ । साथै चीनका राष्ट्रपति शीले एक चीन नीति बारे राखेको प्रश्नमा ट्रम्पले आफू प्रतिवद्ध रहेको जनाएका हुन् ।

चीनको सरकारी सञ्चारमाध्यहरुले ट्रम्पले एक चीन नीतिमा राखेको विचारको स्वागत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्