१९ असार २०८३, शुक्रबार

नेपालको पाँच रूपैयाँ चीनले बनाउने

कात्तिक २०, २०७४
नेपालको पाँच रूपैयाँ चीनले बनाउने

काठमाडौं, २८ माघ –नेपाल राष्ट्र बैंकले ५ रुपैयाँका २६ करोड थान नयाँ नोट बजारमा ल्याउन लागेको छ । बैंकले ती नोट छाप्नका लागि अन्तर्राष्ट्रिय बोलपत्रमार्फत एक कम्पनीलाई जिम्मा समेत लाइसकेको छ ।

चीनको चाइना बैंकनोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसनसँग ती नोटको छपाई तथा आपूर्ति गर्ने गरी सम्झौता भएको नेपाल राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभाग, थापाथलीले जनाएको छ ।

बैंकले बुधवार नयाँ नोट छाप्ने तथा आपूर्ति गर्नेसम्बन्धी उक्त कम्पनीसँग सम्झौता गरेको हो । ती नोट छाप्न ३० लाख ७० हजार ६ सय अमेरिकी डलर (हालको विनीमय दरअनुसार करीव ३२ करोड ८५ लाख ५४ हजार २ सय रुपैयाँ) को सम्झौता गरिएको हो ।

राष्ट्र बैंकले गरेको उक्त सम्झौता अनुसार ५ रुपैयाँको एउटा नोट छाप्न १ रुपैयाँ २७ पैसाको हाराहारी लागत लाग्नेछ ।

बैंकले गत मंसिर ३ गते एक सार्वजनिक सूचना जारी गरी सोको बोलपत्र आह्वान गरेको थियो । निर्धारित समयावधिमा प्राप्त बोलपत्रहरूको मूल्याङ्कन गर्दा न्यूनतम दरमा सारभूत रुपमा बोलपत्र पेश गर्नेमध्येको कर्पोरेसनलाई छनोट गरिएको बैंकले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्