
सुर्खेत, २४ जेठ – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताका गुनासा सुन्न ‘हेल्लो मुख्यमन्त्री’ हटलाइन सेवा शुभारम्भ गरेका छन् ।
हेल्लो मुख्यमन्त्री हटलाइन सेवा (१०९६) र कर्णाली प्रदेश सरकारको आधिकारिक वेवसाइट www.ocmcm.karnali.gov.np को आजदेखि शुभारम्भ गरिएको हो । शाहीले वेवसाइट र हेल्लो मुख्यमन्त्री हट्लाइन सेवा शुभारम्भ गरेसँगै कालिकोट नरहरीनाथ गाउँपालिकाका प्रेम सार्कीले आफ्नी आमाको हत्यारालाई कारवाहीको माग गरेका छन् ।
मुसीकोट नगरपालिका रुकुम पश्चिमबाट दिपक बाँठामगरले त्रिभुवन जनता माविको भवन र खानेपानी आयोजना निर्माणमा भइरहेको ढिलाइबारे गुनासो राखेका छन् । मुख्यमन्त्री शाहीले दुवै जनाले उठाएको समस्यालाई ध्यानमा राख्दै सम्बन्धित निकायलाई समस्या समाधानका लागि निर्देशन दिएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव बुढाथोकीले बताए ।