०७ साउन २०८३, बिहीबार

एक नम्बर प्रदेश संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

एक नम्बर प्रदेश संसदलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने

विराटनगर, २५ जेठ– प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली प्रदेश राजधानी विराटनगर आउँदै हुनुहुन्छ । संसदको जारी बजेट अधिवेशनलाई सम्बोधन गर्न प्रधानमन्त्री आउने तय भएको प्रदेश १ का सभामुख प्रदिपकुमार भण्डारीले जानकारी दिए । 

प्रधानमन्त्रीले शनिबार दिउँसो प्रदेश संसदलाई सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री आउने भएपछि बैठकलाई व्यवस्थित गर्न र सहभागी अतिथि बस्ने व्यवस्था मिलाउन संसद सचिवालयले तयारी थालेको जनाएको छ । 

प्रदेश सरकार नीति तथा कार्यक्रमसँगै बजेटको तयारीमा व्यस्त छ । यसअघि पूर्वबजेट छलफलका गर्न तीन दिन बैठक चलेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्