०६ असार २०८३, शनिबार

उपेन्द्र यादव र बाबुरामको पार्टीसँग पनि एकता गर्न नेकपाको पहल

जेठ २५, २०७५
उपेन्द्र यादव र बाबुरामको पार्टीसँग पनि एकता गर्न नेकपाको पहल

काठमाडौं, २५ जेठ– नेपाल  कम्युनिस्ट पार्टी (नेकपा) ले अन्य दलसँग पनि एकताको प्रयास थालेको छ । 

नेकपाले उपेन्द्र यादव नेतृत्वको संघय समाजवादी फोरम (संसफो) र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालसँग एकताका लागि छलफल चलाएको छ ।

त्यसका लागि नेकपाका नेताहरुले ती पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । 

एउटै कम्युनिस्ट केन्द्र बनाउने घोषणा गरेको नेकपाले कम्युनिस्ट पार्टी बाहेकका अन्य दललाई समेट्ने प्रयास गरेको हो । 

स्थायी समतिति सदस्य देवेन्द्र पौडेलले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा र नारायणमान बिजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टी बाहेकका अन्य कम्युनिस्ट पार्टीसँग ढिलो चाँडो एकता हुने दाबी गरे । 

आजको कारोबार दैनिकमा खबर  छापिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्