०३ असार २०८३, बुधबार

आयोगको यस्ताे पत्रले राजपा नेपालमा खैलाबैला

जेठ २५, २०७५
आयोगको यस्ताे  पत्रले राजपा नेपालमा खैलाबैला

काठमाडौँ, २५ जेठ– निर्वाचन आयोगले एक महिनाभित्र महाधिवेशन गरेको जानकारी पठाउन पत्र लेखेपछि राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा एकाएक तनाव बढेको छ । 

आफैंले तोकेको म्यादभित्र अधिवेशन गर्न नसकेपछि अबको राजनीतिक दिशा कसरी तय गर्ने भन्नेबारे छलफल गर्न अध्यक्षमण्डल छलफलमा व्यस्त रहेका बेला शुक्रबार आयोगले पत्र पठाएपछि खैलाबैला मच्चिएको सचिवालयका एक सदस्यले बताए । ‘अबको एक महिनाभित्र महाधिवेशन गर्ने मिति सकिन्छ तर यो अवधिमा महाधिवेशन सम्भव छैन,’ एक सदस्यले भने, ‘अब हामीले निर्वाचन आयोगसँग ६ महिनाको थप समय मागेर महाधिवेशनका लागि तयारी गर्नुपर्नेछ ।’

आगामी अधिवेशसनसम्मका लागि राजपाले विधान बनाउने तयारी गरेको छ । त्यसैमाथि मंगलबारदेखि छलफल भइरहेको स्रोतले बतायो । विधान तयार पारेपछि बढीमा ६ महिनाभित्र महाधिवेशन गर्ने राजपाको तयारी छ । गत वर्ष असार २३ गते महन्थ ठाकुर नेतृत्वको तराई मधेस लोकतान्तिक पार्टी, राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टी, शरतसिंह भण्डारीको राष्ट्रिय मधेस समाजवादी पार्टी, महेन्द्र यादव नेतृत्वको तराई मधेस समाजवादी पार्टी, राजकिशोर यादव नेतृत्वको फोरम गणतान्त्रिक र अनिल झा नेतृत्वको नेपाल सद्भावना पार्टीले एकीकरण गरी नयाँ दल दर्ता गर्न आयोगमा निवेदन दिएका थिए । अयोगले असार ३० गते राजपालाई मान्यता दिएको थियो, कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

पत्र

salt training

कमेन्ट गर्नुहोस्