
काठमाडौं, २५ जेठ– घानाको राष्ट्रिय फुटबल एशोसिएसनका एसोसिएसनका अध्यक्षले नगद उपहार लिँदै गरेको भिडियो सार्वजनिक भएपछि फुटबल एसोसिएसन नै भंग भएको छ ।
भ्रष्टाचारको आरोप लागेपछि घानाका खेलकुद मन्त्री इसाक एसिएमाले तत्काल लागु हुने गरी फुटबल एसोसिएसन भंग गरिएको बताएका छन् । एसोसिएनका अध्यक्ष क्वेसी नयानटेक्यीले नगद लिँदै गरेको तस्बिर तथा भिडियो सार्वजनिक भएपछि फुटबल एशोसिएसन भंग गरिएको हो ।
उनले घानाको फुटबलमा लगानी गर्न चाहने व्यवसायीको भेषमा गएका रिपोर्टरसँग ६५ हजार अमेरिकी डलर घुस लिएको तस्बिर सार्वजनिक भएको थियो । विवादस्पद पत्रकार एनास अरेमायाव एनासले गरेको अण्डरकभर अनुसन्धानले अफ्रिकी फुटबलमाथि प्रश्न खडा गरेको छ ।
उनले बनाएको ह्वेन ग्रिड एण्ड करप्सन बिकम द नर्म, गएको महिना सरकारी अधिकारीलाई बुझाइएको थियो । तर बुधबार मात्रै सार्वजनिक रुपमा प्रदर्शन गरिएको थियो ।