सांघाई, २८ माघ - चीनको साघाइमा अवस्थित एक अदालतले नवजात शिशु किनबेच गरेको आरोपमा आठ जना व्यक्तिलाई जेल सजाय दिएको छ ।

ती नवजात शिशुहरु सातदेखि २७ महिनासम्म रहेका छन् । ती शिशुहरुलाई दुई हजारदेखि पाँच हजार युआनमा बेचिएको सो अदातलले जनाकारी दिएको छ ।
करिब पाँच हजार नवजात शिशु यसरी बेचिएका बताइएको छ ।