२८ जेठ २०८३, बिहीबार

लोकमानलाई महाभियोग नलाग्ने, समितिले बुझायो यस्तो प्रतिवेदन

कात्तिक २०, २०७४
लोकमानलाई महाभियोग नलाग्ने,  समितिले बुझायो यस्तो प्रतिवेदन
काठमाडौँ, २९ माघ - संसद्को महाभियोग सिफारिस समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको छानबिन प्रतिवेदन सभामुख ओनसरी घर्तीलाई हस्तान्तरण गरेको छ ।CIAA-Chief-Lokman-Singh-Karkiसमितिले अदालतको आदेशानुसार कार्की पदमुक्त भइसकेको अवस्थामा महाभियोग नलाग्ने तर काम कारबाही भने महाभियोग योग्य भएको निष्कर्षसहितको प्रतिवेदन सभामु्खलाई बुझाएको हो, आजको गोरखापत्रमा खबर छ ।
समितिका ज्येष्ठ सदस्य कुमारीलक्ष्मी राईले सभामुख घर्तीलाई समितिको प्रतिवेदन हस्तान्तरण गरेकी हुन् । प्रतिवेदन हस्तान्तरणमा समिति सदस्य पनि उपस्थित थिए ।
समितिले सभामुखलाई हस्तान्तरण गरेको प्रतिवेदन संसद्मा छलफल हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्