०८ असार २०८३, सोमबार

पाकिस्तानको निर्वाचन तालिका परिवर्तन, मुसरफलाई  निर्वाचन लड्न दिने तयारी ?

जेठ २५, २०७५
पाकिस्तानको निर्वाचन तालिका परिवर्तन, मुसरफलाई  निर्वाचन लड्न दिने तयारी ?

इस्लामावाद, २५ जेठ – पाकिस्तानको निर्वाचन आयोगले पूर्वघोषित निर्वाचन तालिका परिवर्तन गरेको छ । 

आम निर्वाचनको कार्यतालिका परिवर्तन गरेपनि मतदान हुने दिन भने परिवर्तन नगरिएको आयोगका अधिकारीहरुले शुक्रबार जानकारी दिएका छन् । 

नयाँ तालिका अनुसार यही जुन ११ तारिख सम्म नेताहरूले उम्मेदवारी दर्ता गर्न पाउने भएका छन् । 

त्यसैगरी जुन १४ देखि १९ सम्म उम्मेदवारीपत्र माथी छानविन हुने तालिका छ भने २२ तारिख सम्म उम्मेदवार विरुद्ध दावी विरोध गर्न पाइने तालिका बनाइएको छ । 

जुन २९ मा उम्मेदवारी फिर्ता लिने र ३० तारिखमा निर्वाचन चिन्ह दिने निर्वाचन आयोगले जनाएको छ । मतदान भने जुलाई २५ का दिन हुनेगरी तय गरिएको छ । 

यसैबीच पाकिस्तानका पूर्व प्रधानमन्त्री नजाज सरिफले पूर्व सैनिक शासक जनरल परवेज मुसरफलाई ससर्त निर्वाचन लड्न दिने सङ्केत आएको भन्दै यसको विरोध गर्नुभएको छ । 
राजद्रोह जस्तो गम्भीर प्रकृतिको मुद्धा लागेका मुसरफलाई ससर्त उम्मेदवार बन्न पाउने व्यवस्था गरिएमा यो पाकिस्तानको संविधान विपरीत हुने उहाँले बताउनुभएकोे छ । 

पाकिस्तानको सर्वोच्च अदालतले पेशावार उच्च अदालतको फैसलाको पुनरावलोकन गर्न मुसरफलाई यही जुन १३ मा अदालतमा उपस्थित हुन आदेश दिएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्