
माधव कुमार रिमाल
मेरी आमै, तिमी माग्ने कसरी भयौ ?
कहाँ गयो तिम्रो अक्षय ऐश्वर्य ?
कहाँ गयो तिम्रो अतुलनीय सम्पदा ?
कसरी तिमी हुन पुग्यौ माग्ने ?
कहाँ गए तिम्रा रक्षक सपूतहरु ?
राक्षसी भेलले बगायो तिनलाई ?
कि मौका पर्खेर लुकेका छन् ?
तिमी अब चिन्ता नगर ।
तिम्रा सपूतहरु जुर्मुराए ।
परशुरामले दुष्टहरुको विनाश गरे सरह
तिम्रा सपूतले सब राक्षसको गर्नेछन् विनाश ।
तिमी धारण गर रुप महाकालीको
आवश्यक परे भोलेनाथको खुलाऊ तेस्रो नेत्र
चरित्रहीन, राष्ट्रद्रोही राक्षसहरुको विनाशको बेला आयो !
”आमाको रक्षा राक्षसहरुको विनाश”
अव धेरै टाँढा छैन ।
तिम्रा सपूतहरुलाई केवल चाहिएको छ
तिम्रो आशीर्वाद ।