०३ असार २०८३, बुधबार

अब कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै

जेठ २७, २०७५
अब कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै

काठमाडौं, २७ जेठ– सन् २०१९ देखि कोरिया सरकारले भाषा परीक्षाको नतिजाभन्दा सीप र कार्यदक्षताको आधारमा नेपाली युवा माग गर्ने भएको छ । 
आजको कारोबार दैनिकले लेखेको छ– हाल कोरियाली भाषा परीक्षामा उत्कृष्ट नतिजा ल्याउने युवालाई छनोटको आधार बनाउँदै आएकोमा अर्को वर्षदेखि सीप, कार्यक्षमता र अन्तर्वार्ताको अंकलाई पनि छनोटको आधार मान्ने भएको छ । 
कोरियाली भाषा परीक्षामा मध्यम अंक ल्याएर सीप, कार्यक्षमता र अन्तर्वार्तामा राम्रो नतिजा ल्याए पनि कोरिया जान योग्य हुने समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्