
सलमानले असार १ गतेबाट रिलिज हुने आफ्नो नयाँ फिल्म रेस थ्री हेर्न नेपाली फ्यानहरुलाई आग्रह गरेका छन् ।
युट्युवमा एक भिडियो सार्वजनिक गर्दै अभिनेता सलमान खानले नेपालीहरुलाई इदको शुभकामना दिँदै १५ जुनबाट रिलिज हुन रेस थ्री हेर्न आग्रह गरेका हुन् ।
उनले देशभर गरेर फिल्म १ सय ३१ स्क्रिनमा रिलिज हुने जानकारी दिएका छन् ।