२९ असार २०८३, सोमबार

पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाइँदै

कात्तिक २०, २०७४
पश्चिम सेती र कर्णाली जलविद्युत् आयोजनाको काम अगाडि बढाइँदै
भीमदत्तनगर, २९ माघ-ऊर्जामन्त्री जनार्दन शर्माले चमेलिया जलविद्युत् परियोजना निर्माण सम्पन्न भई केही महिनाभित्रै सञ्चालन हुने बताउनुभएको छ । 

प्रेस सेन्टर कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले संरचनात्मक समस्याका कारण चमेलिया विद्युत् आयोजना केही ढिलाइ हुन गएको जानकारी दिनुभयो ।

“पूर्वपश्चिममा रहेका सबै जलविद्युत् आयोजनालाई अघि बढाउन गृहकार्य हँुदैछ”, मन्त्री शर्माले भन्नुभयो– “जलविद्युत्मा निजी क्षेत्रलाई पनि साथमा लिएर अघि बढ्नुपर्छ ।” उहाँले पश्चिम सेती, कर्णालीलगायत यहाँका जलविद्युत् आयोजनाको काम अगाडि बढाउन मन्त्रालयले पहल गरिरहेको जानकारी पनि दिनुभयो । रासस

salt training

कमेन्ट गर्नुहोस्