
काठमाडौं, २७ जेठ – सामाजिक सञ्जालमा आजकल एक सानो कुकुरको अभिनय भाइरल भइरहेको छ । भिडियो हेरेर मानिस पेट मिचीमिची हाँसिरहेका छन् ।
भिडियोमा कुकुरले तड्पिएको र मरेको अभिनय गरेको छ । भिडियोलाई इन्स्टाग्राममा क्रिकेटर हरभजन सिंहले शेयर गरेका हुन् । भिडियोको १ लाख ८२ हजारभन्दा बढी भ्यु पाइसकेको छ ।
भिडियो शेयर गर्दै उनले मिस्टर ट्यालेन्ट लेखेका छन् । भिडियोमा एकजनाले गोली चलाएको अभिनय गर्दा कुकुरले मर्ने अभिनय गरेको हो ।
एजेन्सी