२८ जेठ २०८३, बिहीबार

फेसबुकमा राखेको फोटोमा लाइक कम आयो ? यसरी बढाउनुस्

कात्तिक २०, २०७४
फेसबुकमा राखेको फोटोमा लाइक कम आयो ? यसरी बढाउनुस्
तपाईं फेसबुकमा हालिएको स्टाटस वा फोटोमा लाइक कम आएर चिन्तित हुनुहुन्छ ? साथीहरुको फोटो वा स्ट्याटसमा धेरै लाइक आउने तर आफ्नामा नआउँदा दिक्क नमान्नुहोस् अब यी विधि अपनाएर आफ्नो फेसबुकमा हालिएका फोटो वा स्टाटसमा लाइक बढाउन सकिन्छ ।

अपलोडको समय

तपाईले फेसबुकमा आफ्नो विचार वा फोटो राख्दाको समयले तपाइृको फेसबुक लाइक बढ्ने वा घट्ने हुन सक्छ । तसर्थ फोटो अपलोड गर्दाको समय भने तपाईले हेक्का राख्नु पर्ने हुन्छ । तपाईंले बिहानै वा अबेर राति फोटो फेसबुकमा अपलोड गर्नु भयो भने लाइक कम आउने सम्भावना बढी हुन्छ । मानिसले बढी फेसबुक चलाउने समय साँझ हो त्यो समय यसका लागि उपयक्त हुन्छ । विहान अपिस आवरमा उपयुक्त सयम हो ।


ट्याग
फोटो राखेपछि नजिकका व्यक्ति र सागीलाई ट्याग गर्नाले पनि धेरै लाइक बढाउन सकिन्छ ।

अरुकोमा पनि गर्ने गर्नुहोस् 

तपाईं आफ्नो फोटोमा धेरै लाइक बढाउन चाहानुहुन्छ भने साथीको फोटो या स्टाटसमा पनि लाइक वा कमेन्ट गर्ने गर्नुहोस् । तपाईले अरुको फोटोमा लाइक वा कमेन्ट गर्नुहन्न भने साथीहरुले पनि तपाईंलाई वेवास्ता गर्न सक्छन् । यसअर्थ फेसबुकमा एक्टीभ रहनुको अर्थ हेर्नु मात्र नभई अरुसाथीहरुमाथिको तपाईको सम्बन्ध समेत हो ।

नयाँ पोस्ट
फोटो हालेको अधा घण्टा सम्मपनि लाइक वा कमेन्ट नआएको खण्डमा तपाईले त्यो फोटोको डिलिड गर्नुहोस् र केही समय पछि उपयुक्त बेलामा पुन फोटो पोस्ट गर्नुभयो भने तपाईको फोटोमा लाइक बढ्नेछ ।

फोटो राखेको स्थानः
जुन ठाउँबाट फोटो अपलोड गर्नुहुन्छ त्यो ठाउँको नाम राख्नाले पनि फेसबुकमा धेरै लाइक बढाउन सकिन्छ ।


ह्यासट्यागको प्रयोग
आफ्नो फोटोमा ह्यासट्याग (#) को प्रयोग गर्नाले पनि फोटोमा धेरै लाइक बढाउन सकिन्छ ।

क्याप्सनः

फोटो यत्तिकै पोस्ट गर्नुभन्दा पनि आकर्षक क्याप्सन लेख्ने गर्नुहोस् । त्यस्ता क्याप्सन प्रश्नवाचक र रोमान्टिक खालका राख्दा लाइक बढ्छ ।

साथीलाई सोध्नुहोस्
फोटो राखेपछि च्याटमा साथीहरुलाई आफ्नो फोटो बारे सोध्नुहोस् जसले गर्दा थाहा नपाएका साथीले तपाईका फोटो हेरेर लाइक गर्न सक्छन् ।

ग्रुपको सहयोग
कुनै पनि ग्रुपहरुमा तपाईले आफ्नो फोटोको लिंक राख्नुभयो भने तपाईको फोटोमा लाइकको संख्या बढ्छ ।

salt training

कमेन्ट गर्नुहोस्