२५ जेठ २०८३, सोमबार

विद्युत चोरी गर्ने १७ जना पक्राउ

विद्युत चोरी गर्ने १७ जना पक्राउ

राजविराज, २९ जेठ– प्रहरीले विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत आज विद्युत् चोरीको आरोपमा १७ जनालाई पक्राउ गरेको छ । 

नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराज, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त अनुगमन टोलीद्वारा जिल्लाका विभिन्न ठाउँमा गरिएको अनुगमनले विद्युत्को पोलमा हुकिङ गरिरहेका १७ जनालाई पक्राउ गरिएको विद्युत् प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । 

पक्राउ परेकाको साथबाट एक थान पानी तान्ने मोटर, एक थान टिभी, एक थान पंखा बरामद गरिएको प्रमुख साहले जानकारी दिए । उनीहरुबाट विद्युत् ऐनअनुसार प्रत्येक व्यक्तिबाट रु १५ हजार ५०२ दण्ड जरिवाना तिराएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्