२९ जेठ २०८३, शुक्रबार

गरिब नागरिकलाई सहुलियत दिन सरकार तयार : मन्त्री थानी

कात्तिक २०, २०७४
गरिब नागरिकलाई सहुलियत दिन सरकार तयार : मन्त्री थानी

बैतडी, २९ माघ -सहकारी तथा गरिबी निवारणमन्त्री हृदयराम थानीले दुर्गम क्षेत्रमा पछि परेका समुदायलाई गरिबी न्यूनीकरण गर्न आत्मनिर्भर हुने कार्यक्रम अघि सारिएको बताएका छन् ।

नेपाली काँग्रेसको गाउँ जागरण अभियानअन्तर्गत आज लटिनाथमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थानीले गरिब नागरिकलाई सहुलियत दिनका लागि सरकार लागिपरेको बताएका हुन् ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री थानीले दुर्गम क्षेत्रका समस्या समाधानका लागि सरकार लागिपरेकामा जोड दिए ।

नेपाली काँग्रेस संविधान कार्यान्वयनका लागि दृढ रहेको बताउँदै उनले जनताका समस्या समाधान गर्ने पार्टी काँग्रेस मात्रै भएको दाबी गरे ।

यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य दीलेन्द्रप्रसाद बडूले मार्मा क्षेत्रको विकासका लागि नेपाली काँग्रेसले पहल गरेको दाबी गरे । मार्मा क्षेत्रमा खानेपानी, टेलिफोनलगायतका सेवा काँग्रेस सरकारमा रहेका बेला विस्तार भएको उनले बताए ।

बिटुले पारीबगड लटिनाथ सडक विस्तारका लागि एक हप्ताभित्रै रु १५ करोड निकासा हुनेसमेत उनले दाबी गरे ।

नेपाली काँग्रेस लटिनाथ गाउँ कार्यसमितिका सभापति कृष्णसिंह विष्टको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला सभापति ललितसिंह बोहरा, महाधिवेशन प्रतिनिधि मदन गिरीलगायतका नेता, कार्यकर्ताको सहभागिता रहेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्