२१ जेठ २०८३, बिहीबार

दोषबाट उम्किन खोज्दै जनप्रतिनिधि

जेठ ३१, २०७५
दोषबाट उम्किन खोज्दै जनप्रतिनिधि

काठमाडौं, ३१ जेठ– स्थानीय तहले एक वर्षमा सोचे अनुरुप काम गर्न नसक्नुको दोष केन्द्र सरकारलाई दिँदै जनप्रतिनिधि उम्किन खोजिरहेका छन् ।

स्थानीय तहको निर्वाचनताका ठूलाठूला आश्वासन दिएर जनताको अपेक्षा ह्वात्तै बढाएका जनप्रतिनिधिले त्यस दिशामा काम अघि नबढेको र बढ्ने संकेत पनि नदेखिएको स्थितिमा केन्द्र सरकारलाई दोष दिँदै उम्किन खोजेका हुन् ।  आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ । 

ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले एक वर्षमा सोचेअनुरुप काम गर्न नसकेको सार्वजनिक रुपमा स्वीकार गर्दै आएका छन् । 

‘निर्वाचित भएको केही दिनमै मन्त्रालयले जनप्रतिनिधिले महानगरपालिकको २ रुपियाँ नै खर्च गर्न नसक्ने गरी आदेश पठाइयो’ –महानगरपालिकाले आयोजना गरेको पुरस्कार वितरण समारोहमा प्रमुख महर्जनले भने  । प्रमुख महर्जनले अर्को समारोहमा कर्मचारीले खासै सहयोग नगरेको र सहयोग गर्न सक्ने योग्य कर्मचारी नभएको पनि दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्