
दाङ, ३१ जेठ– गएराति आएको हावाहुरीले यहाँका एक व्यक्तिको घर तथा व्यवसायिक फार्ममा क्षति पुर्याएकोछ ।
तुलसीपुर–१० निवासी माधव केसीले सञ्चालन गरेको प्राकृतिक मह उत्पादन तथा माहुरी पालन फार्म र घरमा क्षति पुर्याएको बताएकोछ ।
फर्म सञ्चालन गरेको घर तथा केसीको चारकोठे घरमा लगाएको टिनको छाना उडाउनुका साथै विभिन्न सामग्रीमा क्षति पुर्याएको केसीले बताउनुभयो ।
उहाँले हावाहुरी र पानीले घर र फार्ममा गरी करीब रु १० लाख बराबरको क्षति पु¥याएको बताउनुभयो । “एकाएक आएको हावाहुरीले फार्म र घरको छानो उडायो, माहुरीका घारमा सामान्य क्षति पुगेको छ, अन्य सामान भने सवै पुरिएकाछन्” केसीले भन्नुभयो ।