०८ असार २०८३, सोमबार

दुर्घटना अपडेट : मृतक २ पुरुष र एक महिलाको सनाखत हुन बाँकी, घाइतेको चितवनमा उपचार हुँदै

दुर्घटना अपडेट : मृतक २ पुरुष र एक महिलाको सनाखत हुन बाँकी, घाइतेको चितवनमा उपचार हुँदै

चितवन, १ असार– पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका– ३ पानीधारामा शुक्रबार बिहान भएको सडक दुर्घटनामा तीनजनाको घटनास्थलमा नै मृत्यु भएको छ । 

काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना ६ ख ४०६४ नम्बरको ट्रक र पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ७६९२ नम्बरको माइक्रोबस आपसमा ठक्कर खाँदा अन्य नौं जना घाइते भएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

मृत्यु हुनेमा दुई पुरुष र एक महिला रहेका छन् । मृतक सबै माइक्रोमा सवार यात्रु हुन् । मृतकको सनाखत हुन काँकी छ ।

घाइतेहरुलाई उपचारका लागि चितवन ल्याइएको छ । दुर्घटनामा बिहान करिब साढे सात बजे भएको हो । दुर्घटनामा परेको ट्रक सडकबाट करिब ४० मिटर तल खसेको छ भने माइक्रोबस सडकमै रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्