
काठमाडौं, १ असार – अमेरिकी सेनाले अफगानिस्तानको पूर्वी कुनार प्रान्तमा एक ठूलै आतंकवादीलाई निशाना बनाएर आक्रमण गरेको छ ।
पाकिस्तानी तालिबान प्रमुख मौलाना फजलुल्लाह लुकेको ठाउँ हो त्यो । अमेरिकी सेनाका लेफ्टिनेन्ट कर्नल मार्टिन ओ डोनलले एक बयान जारी गरेर अफगानिस्तान र पाकिस्तानको सीमाक्षेत्रमा कुनार प्रान्तमा बुधवार आतंकप्रतिरोधी
आक्रमण गरेको र एक आतंकवादी संगठनको ठूलै नेतालाई मारेको बताए ।
अमेरिकाको परराष्ट्र विभागले मार्चमा आतंकवादी नेताको ठेगाना बताउनेलाई ५० लाख डलर पुरस्कार घोषणा गरिएको थियो ।
फजलुल्लाहले पाकिस्तानमा अनेकौं रक्तरञ्जित आक्रमण र सन् २०१० मा न्युयोर्कको टाइम्स स्क्वेयर कार बम विस्फोटको प्रयास गरेको आरोप छ ।
पाकिस्तानी अधिकारीहरूका अनुसार, अनेकौं आक्रमण गरेर तहरीक–ए–तालिबानलाई पाकिस्तानबाट लखेटिएपछि फजलुल्लाहले अफगानिस्तानमा शरण लिएका थिए ।
एजेन्सी