२८ असार २०८३, आइतबार

०७५/०७६ का लागि कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड (पूर्णपाठसहित)

असार १, २०७५
०७५/०७६ का लागि कर्णाली प्रदेशको बजेट २८ अर्ब २८ करोड  (पूर्णपाठसहित)

सुर्खेत, १ असार – गरीब प्रदेशको रुपमा चिनिएको कर्णाली प्रदेश सरकारले चालूभन्दा पूँजीगत (विकास) बजेट तेब्बर बढी विनियोजन गरेको छ ।

कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७५/०७६ का लागि २८ अर्ब २८ करोड २८ लाख २८ हजार रुपैयाँ विनियोजन गरिएको छ । विनियोजितमध्ये चालूतर्फ ६ अर्ब ६३ करोड ८४ लाख ८५ हजार रुपैयाँ र पुँजीगततर्फ २१ अर्ब २४ करोड ४३ लाख ४३ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

वित्तीय व्यवस्थापनतर्फ ४० करोड रुपैयाँ विनियोजन गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

उनका अनुसार आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्वबाट ५० करोड रुपैयाँ, चालू आर्थिक वर्षको बाँकी रहन जाने अनुमानित रकम ५० करोड रुपैयाँ, संघीय सरकारबाट राजस्व बाँडफाँडवापत प्राप्त हुन आएको रकम ५ अर्ब ५१ करोड ६६ लाख १५ हजार रुपैयाँ र वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुन आएको ९ अर्ब १३ करोड १४ लाख रुपैयाँ र सःशर्त अनुदानबाट ६ अर्ब ६३ करोड ४१ लाख ५० हजार रुपैयाँ परिचालन गरिने छ ।

त्यसैगरी, समपूरक र विशेष अनुदानबाट ५ अर्ब रुपैयाँ प्राप्त हुने अनुमान गरिएको मन्त्री ज्वालाले बताए । सो अनुदानबाट समेत नपुग हुन जाने १ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालनबाट व्यहोर्ने व्यवस्था मिलाएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्