१६ असार २०८३, मंगलबार

अरुण तेस्रोको सुरुङमा पुरिएर ४ जनाको मृत्यु

अरुण तेस्रोको सुरुङमा पुरिएर ४ जनाको मृत्यु

संखुवासभा, २ असार— अरुण तेस्रो  परियोजनाको बाँध निर्माणस्थलमा ढिस्कोले पुरिएर चारजनाको मृत्यु भएको छ । 

संखुवासभाको मकालु गाउँपालिकाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रो जलबिद्युत आयोजनाको सुरुङ खन्ने क्रममा शुक्रबार राती पौने ९ बजे सुरुङभित्र ढिस्को खस्दा ४ जना पुरिएका हुन ।

ढिस्कोमा पुरिएर २ नेपाली र २ भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा कालिकोट सिउना गाउँपालिका–४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका–१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत बिहारका नन्द किसोर रहेका छन् । 

शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किसोर इलेक्टोनिक मिस्त्री थिए । पानी परिरहेकाले उद्दारमा कठिनाइ भएको छ । ढिस्को हटाउन स्काभेटर र डोजर घटनास्थल लगिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्