०८ असार २०८३, सोमबार

काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना, महिलाको मृत्यु

असार २, २०७५
काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना, महिलाको मृत्यु

काठमाडौँ, २ असार - काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

बालाजु–सोह्रखुट्टे सडकखण्डमा पर्ने पिपुल्स अस्पताल अगाडि सडकमा आज दिउँसो बा २ ख ७०६ नंको माइक्रोबस, बा ३४ प ३६६७ नंको मोटरसाइकल र बा ५३ प ३६८२ नंको स्कुटर एकापसमा ठोक्किँदा स्कुटरमा सवार नुवाकोट घर भई काठमाडौँ बस्ने ४० वर्षीया पवित्रादेवी भट्टको मृत्यु भएको हो । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता मुकुन्द मरासिनीले स्कुटर दुर्घटनामा गम्भीर घाइते भट्टको उपचारका क्रममा पिपुल्स अस्पतालमा मृत्यु भएको जानकारी दिनुभयो । 

दुर्घटनामा संलग्न सवारीसाधन र चालकलाई महानगरीय प्रहरी वृत्त सोह्रखुट्टेले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको महाशाखाले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्