
काठमाडौं, ३ असार–उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानुपूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले संसदलाई सम्बाेधन गर्नुहुने भएको छ । ६ दिने भ्रमणका लागि ओली मंगलवार चीनको भ्रमणमा जाँदै हुनुहुन्छ ।
विदेश भ्रमणमा जानुअघि प्रधानमन्त्रीले संसदलाई जानकारी गराउने संसदीय परम्परा छ । सभामुख कृष्णबहादुर महराका प्रेस सल्लाहकार डिल्ली मल्लले प्रतिनिधि सभाको सोमवारको बैठकमा प्रधानमन्त्रीको सम्बाेधन गर्ने तयारी रहेको जानकारी दिए ।
प्रतिनिधि सभाको बैठक आइतवार पनि बस्दैछ । आइतवार नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्ने तयारी छ ।