२४ जेठ २०८३, आइतबार

ओलीको निर्देशन माननेन् आफ्नै सांसदले

ओलीको निर्देशन माननेन् आफ्नै सांसदले

काठमाडौं, ३ असार– नेकपाका पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्माले बजेर र सरकारका विरुद्धमा नबोल्न आफ्ना सांसदहरुलाई निर्देशन दिएपनि नेकपाका सांसदले त्यसलाई मानेनन् । 

सत्तारुढ दलका सांसदहरुले जथाभावि बोल्दै हिँडेको भन्दै ओलीले नेकपाको संसदीय दलको बैठकमा त्यसो नगर्न सांसदहरुलाई निर्देशन दिएका थिए । तर त्यसको २४ घन्टा नवित्दै सत्तारुढ दलका सांसदले सरकारको आलोचना गरेका छन् । 
सरकार विधि र थिति अनुसार चलन नसकेको भन्दै सत्तारुढ दलकै सांसदले आपत्ति जनाएका हुन् । 

प्रतिनिधि सभाको आइतबारको बैठकमा बजेटमाथिको छलफलमा सहभागी नेकपाका सांसद दुर्गाबहादुर रावतले सरकार गम्भीर नभएको भन्दै यो सरकार कसको भन्दै प्रश्न गरे । उनले भने,‘“सवैतिर सरकारको विरोध छ । यो सरकार कसको हो ? हाम्रो पार्टीका नेताहरुले किन समर्थन गरेका हुन् ? किन च्यापिरहेका छन् अहिलेसम्म काखमा ?” 

उनले कम्युनिष्टे पार्टीको सिद्धान्त अनुसार सरकार चल्न नसकेको आरोप लगाए । 

आफू कसैको भरिया नभएको भन्दै रावतले मन्त्रीहरुले आफ्ना जिल्लाहरुमा मात्र योजना पारेको गुनासो गरे । 
 

salt training

कमेन्ट गर्नुहोस्