काठमाडौं, ३ असार – अमेरिकामा एक व्यक्तिले आफ्ना साथीहरूलाई आफ्नै काटिएको गोडो पकाएर खुवाएका छन् ।
इन्क्रेडिब्लीशाइनीशार्ट नामक रेड्डिट प्रयोगकर्ताले आफ्नो कथा लेख्दै सन् २०१६ को जुनमा बाइक चलाउँदै गर्दा एक गाडीले आफूलाई ठक्कर दिएको र त्यसैकारण गोडो पूर्ण रूपमा चोटग्रस्त भएको र डाक्टरहरूले गोडो काटिदिएको बताए ।
त्यसको तीन हप्तापछि उनले आफ्ना साथीहरूलाई बोलाएर आफ्नै गोडा पकाएर खान दिए । गोडोको मासुमा कागती, प्याज र खुर्सानी हालेर उनले जापानी डिश बनाउन लगाए आफ्ना एक शेफ साथीलाई ।
उनी लेख्छन्, ‘यो भैंसीको मासुजस्तो थियो र यसलाई धेरै चपाउनुप–यो । त्यसमा फ्याट पनि कमै थियो ।’
डाक्टरहरूले आफ्नो गोडो काट्नै लागेको बेलामा त्यसलाई पकाउने विचार दिमागमा आएको उनले बताए । उनले डाक्टरहरूलाई सोधे, ‘यो काटिएको गोडो राख्न मिल्छ ?’ उनीहरूले हुन्छ भने ।
उसले काटिएको गोडो लिएर घर आएपछि साथीहरूलाई खुवायो ।
अमेरिकामा मान्छेको मासु खानमा प्रतिबन्ध लगाउने संघीय कानून छैन ।
एजेन्सी