३१ जेठ २०८३, आइतबार

महानगरको दुर्दशा–मेयर विद्यासुन्दरको ‘दैलो’ मै हिलोको चुनौती [फोटोफिचर]

असार ३, २०७५
महानगरको दुर्दशा–मेयर विद्यासुन्दरको ‘दैलो’ मै हिलोको चुनौती [फोटोफिचर]

काठमाडौं, ३ असार–देशको पुरानो बजार र राजधानीको मुटु मानिने असन बजार वर्षा लागेसँगै हिलाम्मे हुने गरेको छ । 

पानी पर्दा ढल भरिने असनको पुरानै समस्या हो । अहिले नयाँ समस्या थपिएको छ, हिलो । 

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यको घर समेत असनको लगनमा रहेको छ । 

काठमाडौं महानगरपालिकाको विकास गर्ने भन्दै जीत हातपारेका मेयर शाक्यले महानगरमा केही नगरेको आरोप लागिहेको बेला उनको दैलो असनको अवस्था हेर्दा महानगरपालिका र समग्र देशको अवस्थाको चित्रण हुन्छ । 

मेलम्ची खानेपानीको आयोजनाले पाइप विछ्याउन खनेको पाइपलाईन नपुर्दा पानी पर्नासाथ असन असारे खेत जस्तै बनेको छ । 

भोटाहिटी चोक देखि नरदेखिसम्मको बाटो अहिले अस्तव्यस्त छ, हिलो कारणले गर्दा आवसजात गर्न समस्या परेको बताउँछन् स्थानीय ।

“हिलोले गर्दा हिड्नै नसक्ने अवस्था आएका छ, महानगरको मुटुको यस्तो अवस्था भएपनि कोही बनाउन आउँदैनन् सवै भत्काउन मात्रै आउँछन्’ स्थानीय व्यापारी श्यामकाजी श्रेष्ठ आक्रोशित हुँदै भने ।

salt training

कमेन्ट गर्नुहोस्