२९ असार २०८३, सोमबार

विश्वकप फुटबल : सर्वियाद्वारा कोष्टारिका पराजित

विश्वकप फुटबल : सर्वियाद्वारा कोष्टारिका पराजित

काठमाडौँ ३ असार- रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । 

समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाका लागि एलेक्जेन्डर कोलारोभले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । 

पहिलो हाफसम्म गोलरहित अवस्थामा रहेपनि खेलको दोस्रो हाफमा भने कोष्टारिका गोल खान पुगेको थियो । 


 

salt training

कमेन्ट गर्नुहोस्