२५ जेठ २०८३, सोमबार

ब्राजिलको अग्रता, स्विट्जरल्यान्ड १–० ले पछाडि

ब्राजिलको अग्रता, स्विट्जरल्यान्ड  १–० ले पछाडि

काठमाडौं– विश्वकप फुटबल अन्तरगत ब्राजिलले स्वीट्जरल्याण्डविरुद्ध गोल गरेको छ । 
खेलको २० औं मिनेटमा ब्राजिलका फिलिप काउन्टिन्होले गोल गरेका हुन् । 

पाँच पटकको च्याम्पियन ब्राजिल रुस विश्वकपको बलियो टीम हो । स्टार खेलाडीहरुले भरिएको ब्राजिललाई रुस विश्वकपमा सुखद् सुरुवात गर्न स्विटजरल्याण्डको चुनौतीलाई पन्छाउनुपर्ने छ । 


चार वर्ष पहिला आफैले आयोजना गरेको विश्वकपको सेमिफाइनलमा पराजय बेहोरेर बाहिरिएको ब्राजिललाई रुस विश्वकपबाट त्यसमा मल्हम लगाउने अवसर प्राप्त भएको छ । 

पाँच पटकको विश्वकप जीतेको ब्राजिलका कोच टीटेको मार्गदर्शनमा राम्रो लयमा रहेको छ । ब्राजिल रुस विश्वकपमा क्लालिफाइ हुने पहिलो टीम पनि हो ।

ब्राजिलले अभ्यास खेलमा पनि शानदार प्रदर्शन गरेको छ । फवार्ड विलियम, रोवटों फर्मिनो, जिसस, कौटिन्हो र नेयमार लगायतका खेलाडी उत्कृष्ठ फर्मममा रहेका कारण ब्राजिललाई रुस विश्वकपको मुख्य दाबेदारको  रुपमा हेरिएको छ । 

भाल्मिर पेट्कोभिचको प्रशिक्षणमा लगातार चौथो पटक विश्वकपमा स्थान पक्का गरेको स्विट्जरल्यान्ड ६४ वर्षपछि प्रतियोगिताको क्वार्टरफाइनल प्रवेश गर्ने लक्ष्यमा छ । 

स्विट्जरल्यान्ड २०१४ मा अन्तिम १६ को खेलमा अर्जेन्टिनासँगै पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो।

छनोट चरणका १० मध्ये ९ खेल जित्दै विश्वकपमा स्थान पक्का गरेको स्विट्जरल्यान्ड फिफा विश्व वरीयताको छैटौं स्थानमा छ । उनीहरूले छनोट चरणमा गरेका २३ गोल १४ खेलाडीको नाममा रहेको थियो । बेन्फिकाका स्ट्राइकर
ह्यारिस सेफेरोनोभिच तथा विंगर स्टेफन जुबर तथा जर्दान साकिरी टोलीका टोलीको प्रमुख खेलाडी हुन्।

salt training

कमेन्ट गर्नुहोस्