०८ असार २०८३, सोमबार

ढुंगा खसेर लाग्दा ट्रक चालकको मृत्यु

ढुंगा खसेर लाग्दा ट्रक चालकको मृत्यु

चितवन, ४ असार- नारायणगढ मुग्लिन सडकखण्डको कालीखोलाको पुलमा आइतबार राति ९ः३० बजे ढुंगा खसेर ट्रकमा लाग्दा ट्रक चालकको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ग १ ख ८२२८ नम्बरको ट्रकका चालक तनहुँ सुक्लागण्डकी नगरपालिका बस्ने ३६ वर्षीय कृष्ण ढुंगाना रहेका छन् । 

ढुंगा ट्रकको चालकतर्फ झरेपछि गम्भीर घाइते भएका उनको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । वर्षात्सँगै पछिल्लो समयमा सो सडकमा पहिरो र ढुंगा खस्ने समस्या आएको छ । 

यस्तै भरतपुर महानगरपालिका–६ देवनगरको सडकमा अनियन्त्रित भई मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । 

प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ फूलबारीका ना २१ प ७१८४ नम्बरको मोटरसाइकल चालक विकास विक रहेका छन् । 

आइतबार राति ९ः४५ बजे दुर्घटना भई गम्भीर घाइते भएका विकको उपचारका क्रममा राति १०ः४० बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो । देवनगरबाट गीतानगरतर्फ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्