३१ जेठ २०८३, आइतबार

ओलीको आसन्न चीन भ्रमण, रेलमै भरोसा

असार ४, २०७५
ओलीको आसन्न चीन भ्रमण, रेलमै भरोसा

काठमाडौं, ४ असार –प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्रीहरूले चीन भ्रमणका क्रममा रेलमार्ग लगानीमा विशेष जोड दिन सुझाव दिएका छन् । 
 प्रधानमन्त्री ओलीले आसन्न चीन भ्रमणको एजेन्डाका विषयमा आइतबार पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, डा बाबुराम भट्टराई र मन्त्रिपरिषद् पूर्वअध्यक्ष खिलराज रेग्मीसँग सुझाव लिए । नेकपा अध्यक्षसमेत रहेका दाहालले नेपाल–चीन–भारतबीच त्रिदेशीय सम्बन्ध अगाडि बढ्नु सकारात्मक भएको भन्दै सम्बन्धलाई अझ उचाइमा पु¥याउन जोड दिए ।
पूर्वप्रधानमन्त्री खनालले रेल परियोजनाप्रति सबैको आशा रहेको बताए । उनले रेल रेलमार्ग जोड्न सके देशको आर्थिक विकासमा समेत अझै माथि पु¥याउन सहयोग हुने बताए ।


पूर्वप्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा। भट्टराईले प्रधानमन्त्री ओलीलाई लिखित १० बुँदे सुझाव दिँदै नेपालका विभिन्न पूर्वधार विकास सडक, रेल यातयात, विद्युत् सञ्जाल÷प्रसारण लाइन र विमानस्थलका लागि चीनसँग पहल गर्न छुट्टाछुट्टै प्रस्ताव गर्नु बेस हुने जनाएका छन् । आजको राजधानी दैनिकमा विस्तृत खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्