
काठमाडौं, ४ जेठ– गायिकासमेत रहेकी कोमल वलीको कार्यकाल चार वर्षको हुने भएको छ ।
राष्ट्रियसभामा आज भएको गोला प्रथामा कोमलको कार्यकाल चार वर्षको हुने टुंगो लागेको हो ।
कोमल वली नेकपाबाट राष्ट्रिय सभामा सदस्य भएकी छिन् ।
दाङबाट प्रत्यक्षको टिकटको दाबेदारी प्रस्तुत गरेकी ओलीलाई तत्कालिन नेकपा एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाएको थियो ।