०४ साउन २०८३, सोमबार

कांग्रेसद्वारा ५ नम्बर प्रदेशसभा बैठक अवरुद्ध, बजेट असमान भएको आरोप

असार ४, २०७५
कांग्रेसद्वारा ५ नम्बर प्रदेशसभा बैठक अवरुद्ध, बजेट असमान भएको आरोप

बुटवल, ४ असार – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ५ नम्बर प्रदेशसभा बैठक पहिलो पटक अवरूद्ध गरेको छ । 

आज दिउँसो १ बजे बसेको बैठकमा बोल्दै कांग्रेस सांसद डिल्ली चौधरीले सरकारले प्रस्तुत गरेको बजेट असमान भएको भन्दै विरोध जनाएपछि कांग्रेसका सांसदले आ–आफ्नो रोस्टमबाट उठेर विरोध जनाएका थिए । सभामुख पूर्णबहादुर घर्तीले संसदको बैठक अगाडि बढाउन पटक–पटक आग्रह गर्दा समेत कांग्रेस सांसदले सभामुखको आदेश नमानेपछि उनीहरू बैठक बहिस्कार गरी बाहिरिएका थिए ।

कांग्रेस सचेतक निर्मला क्षेत्रीले आफूहरूले उठाएका मागहरू संसदमा मुख्यमन्त्रीले सम्बोधन नगर्दासम्म बैठक अवरुद्ध गर्ने बताइन् । ‘सरकारले ल्याएको बजेट ‘कहीँ धेरै, कहीँ खाली’ जस्तै भएको छ । यसले विकास हुँदैन । यस्तो हामीलाई स्वीकार्य छैन,’ उनले भनिन्, ‘आफूहरूका माग सम्बोधन नगर्दासम्म बैठक अवरुद्ध हुन्छ ।’

कांग्रेस सदस्यको बहिष्कारपछि प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएपनि २० मिनेटभन्दा बढी भइसक्दा पनि बैठक शुरू भएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्