२९ असार २०८३, सोमबार

बेल्जियमद्वारा पानामा ३–० ले पराजित

बेल्जियमद्वारा पानामा ३–० ले पराजित

काठमाडौं, ४ असार –जारी विश्वकप अन्तर्गत सोमबार अबेर सम्पन्न समूह जी को खेलमा बेल्जियमले पानामालाई ३–० गोल अन्तरले हराएको छ । 
बेल्जियमको जितमा रोमेलु लुकाकुले २ गोल गरे भने ड्रिस मर्टेन्सले १ गोल गरे ।  लुकाकुले ६९ र ७५ औं मिनेटमा गोल गरेका हुन् भने  ड्रिसले ४७ औं मिनेटमा गोल गरे । 

पानामा रुस विश्वकपमा कमजोर मध्येको एक टीम हो । उत्तर अमेरिकी तथा क्यारेबीयन छनोटमा अमेरिकालाई जिल्ल पार्दै पानामाले विश्वकपमा स्थान पक्का गरेको थियो ।


यसो त बेल्जियम रुस विश्वकपमा उपाधिको दाबेदारमध्ये एक टीम हो । इडेन हजार्ड, केभिन डी ब्रुएन, रोमेलु लुकाकु, भिन्सेन्ट कोम्पानी, थिबाउट कोर्टियोसजस्ता स्टार खेलाडीको जमघट यो टीममा छ ।

यद्यपि उत्कृष्ट रहँदा रहँदै पनि  बेल्जियमको विश्वकप यात्रा भने सफल रहन सकेको छैन ।

विश्वकपमा बेल्जियमको सबैभन्दा ठूलो सफलता सन् १९८६ मा सेमीफाइनल पुग्नु हो । सन् २०१४ मा उसले क्वार्टरफाइलनसम्मको यात्रा तय गरेकाे थियाे ।
 


 

salt training

कमेन्ट गर्नुहोस्