१४ असार २०८३, आइतबार

तीन महिनामा देशले गुमायो दुई वरिष्ठ न्युरो सर्जन

तीन महिनामा देशले गुमायो दुई वरिष्ठ न्युरो सर्जन

काठमाडौं ५ असार– तीन महिनाको अन्तरालमा मुलुकले दुईजना प्रख्यात न्युरो सर्जनलाई गुमाएको छ । एसियाकै प्रख्यात न्युरो सर्जन डा उपेन्द्र देवकोटाको सोमवार निधन भएपछि न्युरो शल्यचिकित्सा क्षेत्रमा नेपालले अनुभवी सर्जनलाई गुमाएको छ । 

काठमाडौंको न्युरो अस्पतालका सस्थापक समेत रहेका डा देवकोटाको सोमवार साँझ निधन भएको अस्पतालले बताएको थियो । डा देवकोटाले सयौं जटिल प्रकारका शल्यक्रिया गरेका थिए । उनी नेपाल मात्र नभइ एसियामा समेत प्रख्यात न्युरो सर्जन मानिन्थे ।

चिकित्सा क्षेत्रमा कार्यरत सरोकारवालाले डा देवकोटाको निधनले न्युरो शल्यक्रियामा मुलुकले अपुरणीय क्षती व्यहोरेको  बताएका छन् । लामो समय वीर अस्पतालमा काम गरेका देवकोटाले पछि न्युरो अस्पताल खोलेका थिए ।

यसअघि तीन महिना अगाडि पनि मुलुकले प्रख्यात न्युरो सर्जन डा बालकृष्ण थापालाई गुमाएको थियो । चितनवको भरतपुरस्थित क्यान्सर अस्पतालमा कार्यरत डा थापाको फागुन २८ गते त्रिभुवन अन्तराष्टिय विमानस्थलमा भएको युएस बंगला एयरको विमान दुर्घटनामा मृत्यु भएको थियो । 

याे पनि छुट्याे कि !

उपेन्द्र देवकोटा : न्युरो सर्जरीका ‘शिखर पुरुष’देखि स्वास्थ्य मन्त्रीसम्म

डा. उपेन्द्र देवकोटाको निधन

विमान दुर्घटनामा देशले गुमायो वरिष्ठ न्युरो सर्जन डा बालकृष्ण थापा

salt training

कमेन्ट गर्नुहोस्