०८ साउन २०८३, शुक्रबार

घुस लिएको आरोपमा नासुविरुद्ध मुद्दा दायर

घुस लिएको आरोपमा नासुविरुद्ध मुद्दा दायर

काठमाडौँ, ५ असार - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाणिज्य तथा उपभोक्ता संरक्षण विभाग बबरमहलका नासु जुनश सापकोटाविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

आयोगका अनुसार नासु सापकोटाले कम्पनी नवीकरण गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग रु १० हजार घुस लिएको अभियोगमा केही दिन पहिले पक्राउ गरिएको थियो । आयोगले उनीविरुद्ध कैद सजाय र बिगो असुल गर्न माग गरेको छ । 

salt training

कमेन्ट गर्नुहोस्