०३ असार २०८३, बुधबार

पत्रकारका लागि असुरक्षित बन्दै भारत

असार ६, २०७५
पत्रकारका लागि असुरक्षित बन्दै भारत

नयाँदिल्ली, ६ असार– जम्मु–कश्मीर राज्यको राजधानी श्रीनगरका वरिष्ठ पत्रकार सुजात बुखारीको हत्या प्रकरणसँगै पुनः एकपटक भारतमा प्रेस स्वतन्त्रता तथा पत्रकारिताको सुरक्षाका विषयमा चर्चा शुरु भएको छ । 

समाजिक सञ्जालका भित्ताहरुमा उनीप्रति श्रद्धाञ्जलीका शब्दहरुसँगै पत्रकारको सुरक्षाबारे चिन्ताहरु प्रकट गरिनुका साथै सरकारको समेत व्यापक आलोचना भएको छ । 

श्रीनगरबाट प्रकाशित हुने राइजिङ कश्मीरका प्रधान सम्पादक बुखारीको पक्षमा देखिएको समर्थनलाई उनको निर्भीक र निष्पक्ष पत्रकारिताको कदरका रुपमा मात्र नभएर पछिल्ला वर्षमा भारतमा पत्रकारितामाथि बढ्दो भौतिक आक्रमणको विरोधका रुपमा पनि हेरिएको छ ।, कान्तिपुरमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्