
काठमाडौं, ६ असार–सार्वजनिक सम्पत्तिलाई गैरकानूनी रुपमा व्यक्तिका नाममा दर्ता गर्ने राष्ट्रिसेवक कर्मचारीसहित ७१ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
अख्तियारले धादिङको साविक गोगनपानी गाविस ६ मा रहेको सरकारी, सार्वजनिक जग्गा कित्ता कायम गरी व्यक्तिको नाममा गैरकानूनी रुपमा दर्ता गरेको आरोपमा मालपोत, नापीका कर्मचारीसहित ७१ जना विरुद्ध मुद्दा दर्ता गरेको हो ।
अख्तियारले मालपोत अधिकृत कुशध्वज खत्रीसहित ७१ जनालाई विपक्षी बनाएको छ ।, गोरखापत्रमा खबर छ ।