१० साउन २०८३, आइतबार

माया प्रेमपछि विवाह : १ वर्षमै खटपट, महिलालाई संकट !

माया प्रेमपछि विवाह : १ वर्षमै खटपट, महिलालाई संकट !

विराटनगर, ६ असार – मोरङको जहदा गाउँपालिका–४ सिसौबारीका सन्तोष सिंहले सोल्टीनी पर्ने युवतीसँग प्रेम गरे, माया जालमा पारे । अनि, युवतीसँग सँगै बस्ने र विवाह गर्ने आश्वासन दिए । लामो समयसम्म ती युवा र युवतीको प्रेम लम्बियो । ख्यालख्यालबाट शुरू भएको मायाजाल विस्तारै विवाहमा परिणत भयो ।

सन्तोषले मोरङको सुनवर्सी गाउँपालिकाकी २० वर्षीया प्रतिभा (नाम परिवर्तन) लाई प्रेमको माया जालमा पारे । सन्तोष र प्रतिभाले यो प्रेमलाई श्रीमान–श्रीमतीको रुपमा लैजाने निधो गरे । अनि, मन्दिरमा गएर विवाह गरे । विवाह गरेर घरमा जाँदा स्वीकार गर्दैनन् कि भन्ने भएर उनीहरू घरबाट भागेर सँगै जिउने र मर्ने वाचा गर्दै सुन्दरीमोड मन्दिरलाई साक्षी राखी विवाह बन्धनमा बाँधिएका थिए ।

तर, ती वाचा कसम यति चाँडै तोडियो कि १ वर्ष पनि टिकेन । विवाह भएपछि सम्बन्धमा दरार आउन थाल्यो । कहिले सम्पत्ति नल्याएको, कहिले गरीब भनेर, कहिले छोरी पाएको भन्दै प्रतिभामाथि प्रहार भई नै रह्यो । सन्तोषका परिवारले विभिन्न बहाना गरेर यातना दिने गरेको प्रतिभाले बताइन् । त्यस्तो अवस्थामा पनि सन्तोषले १ शब्द पनि नबोलेको उनको गुनासो छ ।

केही दिनअघि मात्र सासु–ससुरा र श्रीमान सन्तोषले कुटपिट गरी प्रतिभालाई घाइते बनाए । कुटपिटबाट घाइते प्रतिभा अहिले कोशी अञ्चल अस्पतालमा विगत १२ दिनदेखि उपचाररत छिन् । उनको अहिले विचल्ली भएको छ । प्रतिभाले ७ महिनाकी छोरी पनि आफूसँगै राखेकी छन् ।

गरीब तथा छोरी जन्माएको भन्दै सन्तोषका परिवारले स्वीकार नगरेको उनको आरोप छ । यसअघि, आफ्नै आमाबुवासँग बस्दै आएकी प्रतिभालाई बोलाउन श्रीमान सन्तोष पटक–पटक पुगेका थिए । श्रीमानसँग घर गएपनि फेरि घटना दोहोरिँदै आएको प्रतिभाले सुनाइन् । उनले भनिन्, ‘श्रीमानसहित सासु र ससुरा मिलेर सबैले कुटेर लखेट्थें ।’

प्रतिभाले ईलाका प्रहरी कार्यालय रंगेलीमा गएर निवेदन समेत दिएकी छन् । केटा पक्ष र केटी पक्ष दुवैलाई रंगेली प्रहरीले उपस्थित गराएको थियो । तर, त्यहाँ दुवै पक्षबीच कुरा नमिलेपछि जिल्ला प्रहरी कार्यालय मोरङमा दुवैलाई उपस्थित गराइएको थियो । ‘तर, सन्तोषले मेरो छोरी हैन भनेर टाँढिन खोजेको छ,’ प्रतिभाले भनिन्, ‘अहिले पनि सन्तोष भागेको–भाग्यै छ ।’

केही दिनअघि प्रतिभा छोरीलाई लिएर श्रीमानको घर गएकी थिइन् । घरमा पुग्ना साथ तथानाम गाली गरेर कुटपिट गर्न शुरू भएको उनले सुनाइन् । घरका सबै परिवारले कुटपिट गरेर घाइते बनाइएकी प्रतिभालाई स्थानीय छिमेकको सहयोगमा कोशी अञ्चल अस्पतालमा उपचारको लागि ल्याइएको स्थानीय सर्मिलादेवी सहनीले जानकारी दिइन् । सर्मिलादेवी सन्तोषकै छिमेकी हुन् । सर्मिला मात्र हैन, अरु पनि १२  दिनदेखि बेसहारा भएर बसेकी प्रतिभाको उपचार गर्न सहयोग गरिरहेका छन् ।

प्रतिभालाई सन्तोषका परिवारले उल्टै झुटो आरोप लगाएको स्थानीय बताउँछन् । प्रतिभाले पनि जिल्ला अदालत मोरङमा सन्तोषसँग अशंवण्डां माग गर्दै ‘जग्गा रोकी पाऊ’ तथा ‘छोरी स्वीकार गरी लालनपालन गरिपाऊ’ भनी मुद्दा दायर गरेको प्रतिभाले बताइन् ।

यसबारे सन्तोषसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन् । उनले फोन उठाएर पनि काटेका थिए । कहिले मोवाइल ‘स्वीच अफ’ गर्ने त कहिले काटिदिने गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक (डीएसपी) निशान थापाले प्रहरी कहाँ जाहेरी परेको जानकारी दिए । दुवै पक्षबीच एकअर्कामा मुद्दा दायर भएकाले अदालती प्रक्रिया अनुसार पीडकमाथि कारवाही हुने डीएसपी थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्