२६ असार २०८३, शुक्रबार

केराखेतीमै गजपको कमाइ : विरुवाबाट १० लाख आम्दानी

केराखेतीमै गजपको कमाइ : विरुवाबाट १० लाख आम्दानी

कञ्चनपुर, ७ असार – बेलौरी नगरपालिका–८ कलकत्ताका करमसिंह रानाले टिस्यूकल्चर गरी नर्सरीमा तयार गरिएका केराका विरुवा बिक्री गरी मनग्य आम्दानी गरेका छन् ।

नर्सरीमा ३ लाख रुपैयाँ लगानी गरेर रानाले बिरुवा बिक्री गरी १० लाख रुपैयाँ आम्दानी गरेका छन् । उनले ९ जातका ४० हजार केराका बिरुवा उत्पादन गरेका छन् । ६ वर्षदेखि टिस्युकल्चर गरिएका केराका बिरुवा तयार गरी रानाले किसानलाई बिक्री गर्दै आएका छन् ।

नर्सरीमै आएर किसानले बिरुवा खरिद गर्ने गरेका छन् । नर्सरीबाट प्रतिविरुवा ४० रुपैयाँका दरले बिक्री हुँदै आएको छ । नगरपालिकाको कृषि शाखाले केराको नर्सरीका लागि टनेल निर्माण गर्न ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराएको कृषि शाखाका प्राविधिक हरिश सेटीले बताए ।

शाखाको ४० हजार रुपैयाँ तथा किसानको ४३ हजार रुपैयाँ लागतमा बिरुवा तयार गर्न टनेल निर्माण गरिएको हो । बिरुवा उत्पादन गर्न कृषि शाखाले रानालाई प्राविधिक सल्लाह दिँदै आएको छ ।

salt training

कमेन्ट गर्नुहोस्