१६ असार २०८३, मंगलबार

अझै सकिएको छैन अर्जेन्टिना अन्तिम १६ मा पुग्ने सम्भावना, यस्तो छ गणित

अझै सकिएको छैन अर्जेन्टिना अन्तिम १६ मा पुग्ने सम्भावना, यस्तो छ गणित

काठमाडौं, ८ जेठ– रुस विश्वकपको दाबेदारमध्येको अर्जेन्टिनाको अन्तिम १६ मा पर्ने सम्भावना लगभग सकिएको छ । 

क्रोएसियासँग ३-० को पराजयपछि अर्जेन्टिनाको माथिल्लो चरण प्रवेशको सम्भावना गणितीय बनेको छ । 

समूह डीमा रहेको अर्जेन्टिनाको १ अंक मात्र छ  । क्रोएसियाले खेलको दुई खेलमा जित हात पार्दै ६ अंक बटुलेको छ । दोस्रो स्थानमा रहेको आइसल्याण्डले अर्जेन्टिनालाई बराबर गर्दै एक अंक बटुलेको छ ।

तेस्रो स्थानमा रहेको अर्जेन्टिनाले दुई खेल खेल्दा १ अंक मात्र जोडेको छ र उ माइनस तीनको पोजिसनमा छ । अन्तिममा रहेको नाइजेरियाले एक खेलमा पराजय बेहोर्दै माइनस दुईको अवस्थामा छ । 

पहिलोपटक विश्वकपमा प्रवेश गरेको आइसल्याण्डले अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो । आइसल्याण्डले आज राति नाइजेरियासँग प्रतिस्पर्धा गर्दैछ । 

नाइजेरियालाई पराजित गरेको खण्डमा आइसल्याण्डको दोस्रो चरण प्रवेशको सम्भावना बलियो हुनेछ । तर यो जितले भने अर्जेन्टिनालाई असहजता हुनेछ ।

अर्जेन्टिनाको अन्तिम १६ को यात्राका लागि नाइजेरिया र आइसल्याण्ड बीचको खेलमा नाइजेरियाले जित्नुपेर्ने छ या बराबरी भएपनि अर्जेन्टिनालाई फाइदा हुनेछ ।

बराबरी भएको खण्डमा अर्जेन्टिनाले आफ्नो अन्तिम खेलमा नाइजेरियालाई फराकिलो गोल अन्तरले पराजित गर्नुपर्नेछ भने आइसल्याण्डलाई क्रोएसियाले पनि पराजित गर्नुपर्नेछ । 

विश्वकप छनोटमा पनि गणितीय सम्भावना मात्र रहेको अर्जेन्टिना अन्तत विश्वकपमा प्रवेश गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्