
काठमाडौं, १० असार– रुसमा जारी विश्वकपमा इङ्ल्यान्डका ह्यारी केनले अहिलेसम्मका लागि सर्वाधिक गोलकर्ताको रेडर्क राखेका छन् ।
२ खेल खेल्दा ५ गोल गरेर केनले सर्वाधिक गोलकर्ताको रेडर्क बनाएका हुन् । यसअघिको खेलमा दुई गोल गरिसकेका केनले आइतवार पानामाविरुद्धको खेलमा ह्याट्रिक गरेर ५ गोल पुर्याएका हुन् ।
सर्वाधिक गोलकर्ताका लागि यसअघि पोर्चुगलका क्रिष्टियानो रोनाल्डो र बेल्जियमका रोमेलु लुकाकुबीच प्रतिस्पर्धा थियो । दुवै जनाले चार–चार गोल गरेका थिए ।
पोर्चुगलका रोनाल्डोले पहिलो खेलमा स्पेनविरुद्ध ह्याट्रिक गरेका थिए भने दोस्रो खेलमा मोरक्कोविरुद्ध एक गोल गर्दै ४ गोल पुर्याएका थिए ।
यस्तै बेल्जियमका लुकाकुले पानामाविरुद्धको पहिलो र ट्युनिसियाविरुद्धको दोस्रो खेलमा २–२ गोल गरेर ४ गोल पुर्याएका हुन् ।