२४ असार २०८३, बुधबार

नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार

असार ११, २०७५
नेकपाले खुम्च्यायो अनुशासन आयोगको अधिकार
फाइल फोटो

काठमाडौं, ११ असार –नेपाल कम्युनिस्ट पार्टीले अनुशासन आयोगलगायत स्वायत्त निकायको भूमिका कमजोर बनाएको छ । आयोगहरूको भूमिका खुम्च्याउने गरी एकीकृत पार्टीको विधान तयार भएपछि त्यस विषयलाई लिएर पार्टीभित्र तीव्र असन्तुष्टि बढेको छ । पूर्वएमाले र माओवादी केन्द्रको आयोगमा रहेका वरिष्ठ नेताहरूले लिखित रूपमै असन्तुष्टि जनाएका छन् ।

तत्कालीन एमालेका अनुशासन आयोग अध्यक्ष अमृत बोहोरा र तत्कालीन माओवादी केन्द्रका आयोग प्रमुख अमिक शेरचनले लिखित रूपमा दुवै अध्यक्षसमक्ष आफ्नो असहमति जनाएका छन् । तत्काल विधान सच्याएर आयोगको भूमिकालाई स्वायत्त बनाउन उनीहरूको माग छ ।

पूर्वएमाले र माओवादी केन्द्र दुवैमा महाधिवेशनबाटै अनुशासन आयोगसमेत निर्वाचित हुने व्यवस्था थियो । त्यस्तो आयोगलाई पार्टीका केन्द्रीय अध्यक्षहरूको कामकारबाहीमा समेत अनुगमन गर्ने र निर्देशन गर्न सक्ने अधिकार थियो । आयोगका अध्यक्षहरू स्थायी समितिका पदेन सदस्यका रूपमा रहने व्यवस्था थियो । तर अहिले आयोगलाई केन्द्रीय समितिमातहत राखिएको छ । नियुक्ति गर्ने र हटाउन सक्नेसम्मको व्यवस्था प्रस्ताव गरिएपछि यो विषय विवादित बनेको हो ।

कान्तिपुर दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्