काठमाडौं, २ फागुन — आफूलाई प्रहरी प्रमुख बनाइदिन डिआइजी नवराज सिलवाले सर्वोच्च अदालतमा पेश गरेको रिटमा सुनुवाइ भएको छ । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले उनको रिटमाथि सुनुवाई गरेको हो ।
प्रधानन्यायाधीशले हाललाई डिआइजी जयबहादुर चन्दलाई प्रहरी प्रमुख नबनाउन आदेश दिँदै चन्दमाथिको अर्को रिट र सिलवालको रिटको एकै पटक हेर्ने गरि अन्तरीम आदेश दिएकी छन् । अदालतले फागुन ८ गते भित्र चन्दलाई प्रहरी प्रमुख बनाउनको लागि गरिएको निर्णय पेश गर्न समेत आदेश दिएको छ ।
हिँजोनै कपिलदेव ढकालको रिटमा सुनुवाई गर्दै अदालतले ती दिन भित्र सम्पूर्ण डिआइजीहरूको कार्य सम्पादन मूल्यांकन फायल मगाएको थियो । उनको रिटमाथि दिइएको आदेशलाई यथावत राख्दै अदातले ८ गतेपछि दुबै रिटलाई एकै पटक हेर्ने गरि अर्को अन्तरिम आदेश दिएको हो ।